फर्निचर व्यवसायी झुण्डीएको अवस्थामा मृत फेला
जेठ २६, झापा । आईतबार झापाको बिर्तामोडमा एक व्यवसायी झुण्डीरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृत भेटिएको सो व्यक्ति आफ्नो व्यवसाय रहेकै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । मृत भेटिएकाे उक्त व्यक्तीको साथबाट प्रहरीले एउटा सुसाइड नोट समेत फेला पारेका छन् ।
null
सोसाइड नोटमा ‘कुमार भट्टराईका कारण म मरेको’ भन्ने शब्द लेखिएको उक्त मृतक व्यक्ति दिपक ढकाल भएको खुल्न आएको छ । मृतक ढकाल करिब एक दशकदेखि बिर्तामोडको भद्रपुर रोडस्थित अन्नपूर्ण चोकमा विपम फर्निचर सञ्चालन गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र दिपक मिल्ने साथी भएको मृतकको छोरा विपम ढकालले बताएका छन् । विपमका अनुसार दिपकको लाखौं रुपैंया भट्टराईसँग लिनुपर्ने रहेको खुल्न आएकोक छ ।
आइतबार विहान परिवारसँगै खाना खाएर घरबाट हिंडेको आधा घण्टामा व्यवसाय रहेकै काेठमा झुण्डीरहेको अवस्थामा मृत फेला परेकाे मृतकका परिवारले बताएका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाका अनुसार उक्त सुसाइड नोटमा लेखिएको कुमार भट्टराई अध्यक्ष कुमार भट्टराई हुाे की होईन अनुसन्धान भईरहेको छ ।