राष्ट्रिय खेलाडी घिमिरेको ७० वर्षीया बाबुले पास गरे कारको लाईसेन्स

 

असार ७, काठमाडौं । ईच्छाशक्ति र मिहेनत भयो भने असम्भव केही हुँदैन भन्ने उदाहरण हुन् ७० वर्षीय वृद्ध बच्चुराम घिमिरे । 

चन्द्रागिरी नगरपालिकाका–१२ बलम्वु गुर्जुधाराका बच्चुराम घिमिरेले ७० वर्षकाे उमेरमा कारको परीक्षा उत्तीर्ण गरेका छन् । लिखित परीक्षा उत्तीर्ण गरेका घिमिरेले आज (शनिबार) प्रयोगात्मक परीक्षा पनि उत्तीर्ण गरेका हुन् । 

null

राष्ट्रिय शिन क्योकोशिन खेलाडी देवकुमार घिमिरेका पिता बच्चुरामले भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा एक महिनाको कक्षा पश्चात् ड्राईभिङ लाईसेन्स प्राप्त गरेका हुन् । 

 

दुई महिनाअघि नाती नातिनी र छोरा बुहारीको साधनमा हिँड्ने घिमिरेले अब आफैँ कार चलाएर श्रीमतीलाई लिएर धार्मिक मठमन्दिर हिँड्न सजिलो भएको बताए । 

उनले भने, ‘धेरै पटक सवारी साधनमा पशुपति, लगायत मठ मन्दिरमा पुगेको छु, छोरा राजेशले लाइसेन्स नभई गाडी चलाउँदा समस्या पर्छ भनेपछि लाइसेन्सको ट्रायल दिएको हुँ । पास पनि भएँ ।’ 

कुनै घटना भइहाले बाबुले लाइसेन्स विना गाडी चलाए भनेर खबर जाला भनेर छोराले सुझाएपछि लाइसेन्स परीक्षामा सहभागी भएको उनको भनाइ छ । 

यो भन्दा अगाडी सूर्यविनायक नगरपालिकाका–७ गुण्डुका प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतका पिता ७० वर्षीय पूर्णबहादुर बस्नेतले स्कुटरको परीक्षा उत्तीर्ण गरेका थिए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *