बाजुरामा हेलिकप्टर मार्फत एक सुत्केरीको उद्धार

 

असार ६, बाजुरा ।  हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । 

जिल्लाको स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरी हुन नसकेपछि नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिए । 

null

विकको सुत्केरी हुन एक महीना बाँकी रहेको भए पनी उनलाई अहिले नै जटिल समस्या सिर्जना भएका कारण भेरी अञ्चल अस्पतालमा उपचारका लागि सिफारिस गरिएको साप्पाटा स्वास्थ्यचौकीका इन्चार्ज राजेन्द्र एमले जानकारी दिए । 

जिल्लामा उपचार हुन नसक्दा उनलाई सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए । 

जिल्लाबाट जटिल समस्या भएको खबर पाएलगत्तै सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टर पठाएर महिलाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । 

गर्भवती विकको मुखबाट र्याल आउने, पेट दुख्ने, टाउको दुख्ने लगायत विभिन्न समस्याका कारण जिल्लामा उपचार सम्भव नभएकाले तत्काल उद्धारका लागि पहल गरिएको कुँवरले बताए । 

गाउँपालिकामा गरीबी र अशिक्षाका कारण यस्ता रोगले समस्या हुने गरेको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । आफ्नो गाउँपालिकामा यस्ता बिरामी धेरै भेटिने गरेको अध्यक्ष शाहीको भनाइ छ । 

सामाजिक विकास मन्त्रालयको सहयोगमा यसअघि बाजुरामा हिमाली गाउँपालिका–१, खप्तड छेडेदह गाउँपालिका– १, बुढीनन्दा नगरपालिका–२ र स्वामिकात्तिक गाउँपालिका–१ का विभिन्न बिरामी भएका महिला तथा सुत्केरी महिलाको उद्धार गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *