मुक्तिनाथ विकास बैंक र आइएमई पेवीच सम्झौता
मकालु खबर
२०७६ असार ३ गते
असार २ , काठमाडौं । आइएमई ग्रुपद्वारा प्रर्वधित आइएमई पे र मुक्तिनाथ विकास बैंक लि.बिच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।
मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछ ।
null
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेकाे हाे ।
मकालु खबर
२०७६ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित