बिना हेलमेट मोटरसाईकल सिक्ने क्रममा वडा सदस्यको मृत्यु

 

जेठ ३०, धनगढी । बिहीबार बिहान मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा बझाङमा एक जनाको मृत्यु भएको प्रहरीले जनाकारी दिएका छन् । 

मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश भनेर चिनिने नरबहादुर महर रहेको प्रहरीले जनाएको छ । 

null

प्रहरीका अनुसार महरले हेलमेट नलगाई मोटरसाइकल सिक्ने क्रममा उनले चलाएको वडा नम्बर ७ को से १ ब ११७७ नम्बरको मोटर साईकल दुर्घटना हुँदा उनको टाउकोमा गम्भिर चोट लागेकाे थियाे ।  

टाउकोमा गम्भिर चाेट लागि घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको बझाङ अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडा बताउँछन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *