पुर्ननिर्माणमा नेपाललाई भारतको १ अर्ब ६० करोड सहयोग

 

जेठ २७, काठमाडौं । २०७२ सालको विनाशकारी भुकम्प पछिको पुर्ननिर्माणका लागि भारतले नेपाललाई १ अर्ब ६० करोड रुपैंया दिएको छ ।  भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको हो । 

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरे ।भारत सरकारले दिएको उक्त रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने बताइएको छ । सन् २०१८ मा पनि भारत सरकारले पुनर्निर्माणको लागि २ अर्ब १० करोड र ८० करोड सहयोग गरेको थियो । 

null

२०७२ वैशाख १२ को भूकम्पपछि भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदुत पुरीले नेपाल र नेपालीको विकासमा भारत सरकार सदैव सहयोगी रहने बताए । उनले भुकम्पपछिको पुर्ननिर्माण कार्यमा भारत आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको समेत बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *