सलाम एयरद्धारा रक्तदान कार्यक्रम आयोजना

जेठ २८, काठमाडौं । आइएमई ट्राभल्स जि.एस.एक भई विगत सेप्टेम्बर देखि सञ्चालनमा रहेको सलाम एयरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । आइएमईको लाजिम्पाटस्थित कार्यालय प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको थियो । 

उक्त रक्तदान कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थिती रहेको थियो । 

रक्तदानमा दुर्लभ रक्त समुह भएका भोला सापकोटा पर्यटन व्यवसायी तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर र आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा सहभागी हुँदै आइएमई ग्रुपका अध्यक्ष ढकालले रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक सबैलाई धन्यवाद दिए । 

null

 

सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए । 

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्स सलाम एयरको नेपाल जीएसए हो । मध्यपूर्वी एसियाका विभिन्न देशहरुमा कार्यरत तथा उक्त देशहरुमा घुम्न चाहने दाजुभाई तथा दिदिबहिनीहरुलाई लक्षित गरि सलाम एयरले आइएमई ट्राभल्सको सहकार्यमा हवाई सेवा सञ्चालनमा ल्याएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *