अस्ट्रेलियाको एआइबिटी इन्टरनेशनल कलेज पुनः सुचारु हुने

 

जेठ २२, काठमाडौं । अस्ट्रेलियाको एआइबिटी इन्टरनेशनल कलेज पुनः सुचारु हुने भएको छ । अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा)ले कलेजको दर्ता खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई त्यहाँको अदालतले बदर गरिदिएपछि कलेजले पुनःपठनपाठन सुरु गर्ने भएको हो । 

हजारौ विद्यार्थीको करियर अन्यौल पार्ने गरि अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा)ले मे १५ मा कलेजको दर्ता खारेज गर्ने निर्णय गरेपछि कलेजले त्यहाँको संघिय अदालतमा मुद्धा दायर गरेको थियो । जुन मुद्दामा अदालतले कलेजको पक्षमा फैसला गरेपछि एआइविटी पुनः पठन पाठन सञ्चालन गर्ने भएको हो । 

null

कलेज बन्द भएसँगै अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं नेपाली विद्यार्थी अन्यौलमा परेका थिए, अदालतको फैसलाबाट नेपाली विद्यार्थीहरुलाई राहत भएको छ । एआइविटी कलेजका अनुसार सम्पूर्ण पुर्वाधार पुगेरपनि केही कलेजमाथि पुर्वाग्रह राख्ने तत्वका कारण समय समयमा दुख दिने गरिएको छ । 

सामान्य रिसिवीका कारण हजारौं विद्यार्थीको भविष्य अन्योल पार्नका लागि आस्क्वाले गरेको निर्णय माथि नै प्रश्न चिन्ह उठेको बताइएको छ । 

इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि (एआइबिटी इन्टरनेशनल) कलेजलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा)ले मे १५ मा कलेजको दर्ता खारेज गर्ने निर्णय गरेको थियो । 

कलेजमा दुई हजार बढि नेपाली विद्यार्थीहरु अध्ययनरत थिए । यस अघि आक्क्वाले एआइविटीको नर्सिङ कलेजलाई भने खारेज गरिसकेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *