एक खेल अगावै एपीएफ सेमिफाइनलमा, गण्डकीले हार्यो

 

जेठ १७, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै ३ खेलमा ३ जित हात पारेको एपीएफ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । जितपछि एपीएफले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो । २ खेलमा २ हार व्यहोरेको गण्डकी भने तालिकाको पुछारमा रहेको छ । 

null

गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले २३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । एपीएफका लागि शरद भेषवाकरले सर्वाधिक ३५ रन बनाए । यस्तै प्रदिप सिंह ऐरीले ३३, आसिफ शेखले २० रनको योगदान दिए । 

गण्डकीका दिपेश श्रेष्ठले ३ तथा किशोर महतोले १ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४१ ओभर २ बलमा अलआउट हुँदै १२५ रन बनायो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन जोड्दा आकाश थापाले १९, बिपिन खत्रीले १७, अनिल गुरुङले ११ र किशोर महत्व १५ रन बनाए । 

एपीएफका भुवन कार्कीले ३ विकेट हात पारे । यस्तै अमर सिंह रट्यौला, यज्ञमान कुमाल र शरद भेसवाकरले समान २/२ विकेट हात पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *