खैरहनीमा लामखुट्टेको लार्भा नष्ट गरिदैं
जेष्ठ २८, चितवन । चितवनको खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकामा डेंगो गराउने लामखुट्टेको वासस्थान र लार्भा खोज र नष्ट गर्ने अभियान संचालन गरिदैं छ ।
यो सिजन डेंगो गराउने लामखुट्टेको सक्रिय हुने समय हो । डेंगोकै कारण महामारी फैलनबाट रोक्न खैरहनी नगरपालिकाले जेठ २९ गतेदेखी ३ दिन लामखुट्टेको वासस्थान र लार्भा खोज र नष्ट गर्ने अभियान संचालन गर्न लागिएको नगरपालिकाकी स्वास्थ्य संयोजक माया पाण्डेले जानकारी दिईन् ।
null
नगरको वजार क्षेत्रका वडाहरुमा यो अभियान संचालन हुनेछ । नगरपालिकाको वडा नम्वर १,२,६,८ र ९ नम्वर वडामा अभियान संचालन हुने संयोजक पाण्डेले वताईन् ।
त्यसका लागि घरघरमा स्वास्थ्य स्वयम सेविकाहरु खटिनेछन् । अभियानमा २० जना महिला स्वयम सेविकाहरुलाई परिचालन गरिने छ । अभियानको बारे जानकारी दिन मंगलवार खैरहनीका स्वास्थ्य स्वयम सेविकाहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक रुद्र शर्माले वताए ।
स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले डेंगो रोग, डेंगोबाट वच्ने उपाय, उपचार र अभियानका बारे जानकारी गराएका थिए । खैरहनी ६ का वडाध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा प्रमुख अतिथी रहेका थिए ।
त्यस्तै रत्ननगर नगरपालिकाले पनि यही जेठ ३१ गतेदेखी लामखुट्टेको वासस्थान तथा लार्भा खोज्ने र नष्ट गर्ने अभियान संचालन गर्न लागिएको स्वास्थ्य संयोजक इन्द्रलाल न्यौपानेले जानकारी दिए ।
यो अभियान नगरपालिकाको १६ वटै वडामा संचालन हुनेछ । त्यसका लागि ६१ जना महिला स्वयमसेविकाहरु, स्वास्थ्यकर्मी, प्रहरीको टोली सहभागी हुने न्यौपानेले वताए ।