वातावरण दिवसमा मुसहर वस्तीमा वृक्षारोपण

 

जेठ २२, चितवन । विश्व वातावरण दिवसको अवसर पारेर रत्ननगर ८ स्थित माझी मुसहर वस्तीमा वृक्षारोपण गरिनुका साथै डस्विन वितरण गरिएको छ । 

रत्ननगर नगरपालिका, लुमन्ती आवासका लागि सहयोग समुहको सहयोगमा माझी मुसहर टोल विकास संस्था र नेपाल बसोवास संरक्षण समाजको आयोजनामा वृक्षारोपण भएको थियो । 

null

रत्ननगरका मेयर नारायण वनले धुपीको विरुवा रोपेर वृक्षारोपणको सुभारम्भ गरे । रत्ननगरलाई ग्रीन सिटी बनाउने नगरपालिकाको योजना रहेको उल्लेख गर्दै मेयर वनले मुसहर वस्तीमा गरिएको वृक्षारोपणले त्यसको संकेत गरेको बताए । 

सोही अवसरमा सरसफाईको क्षेत्रमा क्रियाशिल वे गु्रपले सो वस्तीका लागि १५ वटा डस्विन वितरण गरेको थियो । गु्रपका पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा डस्विन वितरण गरिएको हो । 

विश्व वातावरण दिवसकै अवसरमा इलाका वन कार्यालय खैरहनीले पनि आफ्नो परिसर भित्र फलफुलका विरुवा रोपेको छ । खैरहनीका मेयर लालमणी चौधरीको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *