संसदीय समितिको भन्याे- पप्पु कन्सट्रक्सनलाई कारवाही गर

 

जेठ ३१, काठमाडौं । संसदको विकास तथा प्रविधि समतिले ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई कारवाही गर्न निर्देशन दिएको छ । 

संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो । 

null

काठमाडौंको तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल निर्माणमा पप्पु कन्ट्रक्सनले चरम लापरवाही भएको ठहर गर्दै पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्नुपर्ने समितिको स्थलगत अध्ययन रिपोर्टमा उल्लेख छ । 

केही दिनअघि पुलको स्थलगत अध्ययन गरेका समितिका सदस्यहरुले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार बागमती नदीमा निर्माणाधीन पुल ‘डिजाइन र निर्माण’ पद्धतिबाट २०७५ असार ५ गते निर्माण सक्ने गरी सम्झौता भए पनि निर्माणले गति लिन सकेन । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पुल निर्माणका लागि पप्पुसँग २०७१ पुस ४ गते सम्झौता गरेको थियो । पुल निर्माणको लागत अनुमान ३० करोड ८५ लाख भए पनि निर्माण कम्पनीसँग २१ करोड ३३ हजार (करबाहेक) मा सम्झौता भएको थियो । 

२९.५ मिटर गहिरो (लम्बाइ( का १६ वटा एक २० एमएमको पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भए पनि निर्माण व्यवसायीले एउटा पाइल्स १६.५ मिटरको मात्र निर्माण गरेको र २ वटा पाइल्स क्रयाक भएको प्राविधिक परीक्षणबाट देखिएको समितिको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन भएको तर व्यवसायीले उक्त निर्देशनको पालना नगरी पुलको सब–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको बताइएको छ । 

सडक विस्तार आयोजनाले तत्काल इन्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माण अघि बढाउने व्यवस्था मिलाउनुपर्ने समितिको निष्कर्ष छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *