१३ वर्षिय बालिकालाई सामुहिक बलात्कार गर्ने पक्राउ

 

असार ८, कैलाली । प्रहरीले धनगढीमा शनिबार साँझ एक १३ वर्षिय बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ३ युवालाई पक्राउ परेका छन् । 

पक्राउ परेका उनीहरुमाथी नाम नखुलाएकी धनगढी बस्ने १३ वर्षिय बालिकालाई ललाई फकाई मोटरसाइकलमा राखेर जंगलमा लगेर  सामुहिक बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएका छन् । 

null

पक्राउ पर्नेमा सोही स्थानमा बस्ने २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र २५ वर्षीय झगरु चौधरी रहेको प्रहरीले जनाएको छ । 

उनीहरुले उक्त घटनामा प्रयोग गरेको ३०७४ नम्बरको मोटरसाइकल नियन्त्रण लिई उनीहरुमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *