प्राइम कमर्सियल बैंककाे ११ औं बार्षिक साधारण सभा सम्पन्न

जेठ २६, काठमाडौँ । प्राइम कमर्सियल बैंकले रु १२८.५३ करोड वरावरको प्रतिफल बितरण गरी एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आज आफ्नो शेयरधनीहरुलाई १६ प्रतिशत वोनस सेयर दिने निर्णय गर्दै एघारौे बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

बैंकको आजै सम्पन्न साधारण सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, साधारण शेयर धनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । 

null

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको व्यहोरा  बैंकले जानकारी गराएकाे छ ।  

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *