‘सरकारले विदेशिएका नागरिकका लागि देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सकेन’

२०७६ जेठ २५ गते

जेठ २४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् छाया अर्थमन्त्री डा. मिनेन्द्र रिजालले सरकारले स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो आरोप लगाएका हुन् ।
null
कार्यक्रममा उनले भने, ‘सरकार रोजगारी सिर्जना गर्ने विषयमा गम्भीर देखिएको छैन । आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले रोजगारीको अवसर सिर्जनाका लागि आवश्यक लगानीको जोहो गर्न सकेन । एक वर्षभित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको ?’
उनले अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार पनि नियन्त्रण गर्न नसकेको पनि दाबी गरे ।

२०७६ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित