नेपाली मौलिकता सिकाईने कालाबाङको होमस्टे, जहाँ पाहुनालई हलो जोत्न सिकाईन्छ
असार ३, धरान । अहिले जहाँ त्यही होमस्टे (घरबास) परम्परागत घरमा खाना खाने, सुत्ने लगायतको कार्य गर्नै स्थान) हरुको चलन चल्ती नै चलेको छ । जहाँ हरेक आन्तरीक तथा बाह्य पर्यटकहरुलाई स्थानीय संस्कार संस्कृति अनुसारको स्वागत गर्नै चलन पनि बढेर गएको छ ।
पाहुना राख्ने होम स्टे भनौ वा घरबास अरुतीर जे जसरी पाहुना राख्ने शैली अपनाएता पनि पोखरा महानगरपालिका–२२ को कालावाङ घरेडी सामुदायिक होमस्टेमा भने पाहुनादेखी सबैलाई गर्नै आदर सत्कार फरक छ । यहि फरक पन दिनका निम्ती प्रकाश गुरुङ र रबिन्द्र गुरुङले केही फरक शैलीमा होम स्टेको सुरुबात करिब ५ वर्ष अघिबाट गरेका छन् ।
null
जहाँ विदेशी पाहुना तथा नागर क्षेत्रमा हुर्किएका नेपाली युवायुवतीलाई नेपाली मौलिक संस्कार, संस्कृतिको बारेमा जानकारी दिने गरेको छ ।
५ वर्षअघि स्थापना भएको यो होमस्टे अहिले त्यसैका लागि प्रख्यात छ । जहाँ कोरिया, जर्मन लगायत देशबाट विद्यार्थीहरू अध्ययनका लागि आइपुग्छन् भने काठमाडौंबाट पनि ‘सोसोलोजी’ अध्ययन गर्ने विद्यार्थीहरू कालावाङ होमस्टेमा पुग्ने गरेको छ ।
‘त्यहाँको होमस्टेमा बस्ने, खाने मात्रै हैन, हराउँदै गएको मौलिक संस्कार र संस्कृतिको पनि ज्ञान प्रदान गरिजने संस्कार पनि छ ।
यहि सन्दर्भमा सोमबार मात्र धरान आई पुगेका कालावाङ होमस्टेका सञ्चालक द्धय प्रकाश र रबिन्द्र पत्रकार भेटघाट मार्फत कालावाङमा १ सय ५६ घरधुरीको बारेमा मात्र नभई त्यहाँका गुरुङ र दलितको बाहुल्यता र ब्राह्मणक्षेत्री सीमित रहेको कुरा उजागर गरेका छन् ।
प्रकाशका अनुसार कालावाङमा ६२ घरधुरी गुरुङको छ । दलितको ६६ र ब्राह्मणक्षेत्रीको २८ घरधुरी छ । ‘समावेशी चरित्रको होमस्टे छ ।’ १ सय ५६ घरधुरीमध्ये १८ वटा घरमा अहिले होमस्टे सञ्चालित छ । जहाँ ३२ वटा रूम र ८५ वटा बेडहरू अटन सक्ने खालका छन् ।
कालावाङको इतिहास २ सय ५० वर्ष पुरानो रहेको पनि भेटघाटमा गुरुङले बताए । अढाई सय बर्ष पहिला निार्माण भएको कालावाङले अहिले गुरुङको संस्कार, संस्कृतिमात्रै नभई, अन्य जातजातिको संस्कार, संस्कृति कस्तो अवस्थामा थियो, अहिले के छ ? कसरी लोप हुँदै गयो भन्नेसम्मको जानकारी गराउने गरेको बजार गुरुङले बताए ।
नेपाली मौलिक ‘संस्कार जन्य कुरा देखाएर हामी पाहुनाहरुलाई राती बस्ने अबस्थाको सिर्जना गर्छाै उनले भने , ‘विदेशीलाई हामी दैनिक कामकाजको बारेमा जानकारी मात्रै गराउँदैनौं, अभ्यासका रूपमा भारी बोकाउँछौं, दूध दुहुन लगाउँछौं । उनीहरूका लागि त यस्ता कुरा एडभेञ्चर भयो हैन र उनले प्रश्न गरे ?
विकसित देशहरूमा यस्ता कुरा सबै मेसिनरी मार्फत् हुन्छन, नेपालमा अहिले पनि हातैले हुने भएकाले उनीहरू त्यसमा रमाउने गरेको उनको अनुभव छ ।
त्यस्तै कलावाङको अर्को विशेषता अर्न्तगत १ सय १५ वर्ष पुरानो घर पनि पर्छ । जसलाई समितिले जीर्णोद्धार गरेको छ । त्यो घरलाई सङ्ग्राहालयको रूपमा विकास गर्ने लक्ष्य राखिएको कलावाङ बजार संयोजक रविन्द्र गुरुङले भेटघाटमै बताए ।
त्यस्तै कालावाङमा वार्षिक ७ हजार भन्दा माथि आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन् जुन पछिल्लो बिसं २०७५ सालको उदाहरणको रुपमा रहेका छन । जसमा १० प्रतिशत बाह्य पर्यटकहरू पुग्ने अध्यक्ष प्रकाश गुरुङले बताए । ती सबै कुरा भनिरँहदा गुरुङले होम स्टे सञ्चालनको शुरुवाती २ वर्षमा भने निराशाजनक अवस्था रहेको समेत बताए । यति मात्र नभएर कालावाङमा अग्र्या्निक चिया तथा कफी, गाउमै उत्पादित खानेकुराहरू, पिकनिक स्पट, विदेशीका लागि हलो जोत्ने, ढिँकी, जाँतो, भैँसी दुहुने, पुरानो गोलघर र मौरी घारको अवलोकनका साथै सूर्योदय र सूर्यास्तको अवलोकन पनि गर्न सकिन्छ उनको भनाई छ ।
कालावाङ काठमाडौंबाट करिब २ सय किलोमिटरको दूरीमा मात्र रहेको र पोखरादेखी करिब साढे १२ किलोमिटर दूरीमा रहेको छ । जहाँ पोखराको लोकसाइड, स्याङ्ग्जा जाने सिद्धार्थ हाइवे हुँदै विरौटा, डेभिजफल, तिलाहार, कालावाङ घडेरी होमस्टे पुग्न सकिन्छ ।
यसरी कालावाङ पुग्न कुनै अन्य देशको रकमको पनि जोहो गर्न नपर्नै तथा अन्य कुनै भाषाको पनि समस्या नहुने हुँदा एक चोटी सबै नेपाली तथा संसरभरी पाहुनाहरुलाई त्यहा आउन सञ्चालक गुरुङद्धयको हार्दिक निमन्त्रण पनि छ ।