‘संसद हाम्रोे हो, मैँले बोलेपछि प्रधानमन्त्रीले बोले भइहाल्थ्यो नि !’

 

हिजो मैँले पहिले बोल्न समय मागेकी थिएँ । प्रधानमन्त्रीज्यूले पनि समय माग्नु भएको रहेछ । झन् राम्रै कुरा भयो । तर मेरो जवाफ दिन पाउनु हुन्थ्यो उहाँले । संसारभरी जहाँपनि संसद भनेको विपक्षीको हुन्छ । सरकार भनेको सत्तापक्षको हुन्छ । तर यहाँ चैँ उल्टा भएको छ । आफैँ मात्र बोल्ने । प्रतिपक्षले कहिले बोल्ने ? उहाँले त जवाफ दिने हो । 

झन् उहाँलाई सजिलो हुन्थ्यो । जवाफ दिन पाउनुहुन्थ्यो उहाँले मैँले राखेका कुरामा । पहिलो पल्ट बोल्नलाई प्रतिबन्ध लगाइन्छ । प्रधानमन्त्री बोलेपछि बोल्नै पाइन्नँ । यस्तो पनि कुरा हुन्छ । जहाँ पनि पहिले विपक्षीले बोल्छ, त्यसपछि बोल्ने प्रधानमन्त्रीले हो । प्रधानमन्त्री बोल्यो भने बोल्न नपाउने ? मैँले समय मागिसकेको थिएँ पहिले नै । 

null

हिजो उहाँले जबरजस्ती बोल्न खोज्नुभयो, त्यसकारण हामीले विरोध गरेका हौँ । हामीले पहिले बोल्न पाउनुपर्थ्याे । संसारभरी नै प्रधानमन्त्रीले जवाफ दिने हो । बोल्ने प्रतिपक्षले हो । संसद नै विपक्षीको हो । संसारभरीको मान्यता हो यो । तर यहाँ ठिक उल्टा चलिराछ । 

त्यसैले सभामुख महोदय मेरो गुठीसम्बन्धी मात्र थिएन । धेरै थिए बोल्ने कुराहरु । त्यसैले संसद चलेको बेला, संसदमा प्रस्तावित विधेयक बाहिर गएर फिर्ता लिन हुन्छ ? त्यो पनि प्रधानमन्त्री समेतले लियो । यहीँ लिएको भए भइहाल्थ्यो नि । 

संसदमा रहेको विधेयक सम्बन्धित मन्त्रीले फिर्ता लिने हो । संसदमा फिर्ता लिने हो । संसद चल्या बेला बाहिर फिर्ता लिन मिल्छ ? कहाँको संसदीय व्यवस्था हो यो ? ६८ सालदेखि संसदमा भएको मान्छे हो । उहाँलाई थाहै छैन भन्ने कुरा हुन्छ कहिँ ? प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला बोल्दा बोल्दै रोस्टमबाट बोल्न नदिएर उहाँले त्यहीँबाट बोल्नु भा हो । ४८ दिनसम्म लगातार संसद गर्नुभा हो उहाँहरुले । हामीले त त्यस्तो गरेका छैनौँ नि ! 

सभामुख महोदय, त्यसकारण मैँले बोलेपछि बोले भइहाल्थ्यो नि । यो कहिले नभएको कुरा नेपालमा भएको छ । यो बलमिच्याइँ चल्दैन यो । कुनै हालतमा हामीलाई मान्य छैन यो । 

सभामुख महोदय उहाँको बेलायत भिजिट कुनै सफल भएको छैन । मलाई पनि बोलाएको थियो । अफिसियल भिजिटमा म पनि गएको हो । त्यो बेला गोर्खा भूतपूर्व सैनिकको पेन्सन बढाउने कुरा उहाँले सहमति गराउनु भएको हो । अहिले एउटा पनि केही भएको छैन । एउटा पनि सहमति भएको छैन । 

अर्को कुरा । यहाँ दर्ता भएका विधेयकहरु छन् । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । विधेयक फिर्ता गरेकोमा । तर संसदको विधेयक संसदमै फिर्ता गर्नुपथ्र्यो । मैँले माग गर्ने हो । माग गर्नासाथ किन गर्नपथ्र्यो । मेरा अरु पनि माग छन् नि । डराइहाल्नुपर्ने । शेरबहादुरले माग्दा मैँले दिनुपर्यो भन्ने । हाम्रो काम नै बोल्ने हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *