विधेयक फिर्ता लिन दबावका लागि धरानकाे घण्टाघरमा हस्ताक्षर
असार ३, नेपाल । संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन दबावका लागि धरानस्थित घण्टाघर परिसर भानुचोकमा हस्ताक्षर सङ्कलन अभियान चलाइएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीले यो अभियान चलाएको हो । यस अघि देशभरका पत्रकार पत्रकारले धर्ना, हातमा कालो पट्टी बाँध्ने कार्य सम्पन्न गरिसकेका छन् भने धरान उपमहानगरपालिका अगाडि धर्ना बस्दै कालोपट्टि पनि बाँधी सकेका छन् ।
null
अभियानमा धरानका अधिकांश पत्रकार सहित सर्वसाधारणले पनि हस्ताक्षर अभियानमा सघाएका थिए । सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको भन्दै देशभरका पत्रकार आन्दोलित बन्नु परेको यस सहभागी अग्रज पत्रकार हर्ष सुब्बाले जानकारी दिए ।
‘प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक संसद्मा दर्ता गरिएको ले तत्कालै उक्त विधयेक फिर्ता लिनुपर्ने भन्दै पत्रकारहरु चरणबद्ध आनदोलनमा उत्रेका छन ।