ट्रकसँग स्कुटी ठोक्किँदा नर्सको मृत्यु

 

जेठ २१, विराटनगर । विराटनगरमा ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । 

कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक गए राति ना५ख ४२४५ नं को ट्रकसँग को२६प ५८१ नं को स्कुटी ठोक्किँदा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो । 

null

मृतक कविताको घर धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरेमा पर्छ । उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । 

इटहरीबाट धरानतर्फ आउँदै गरेकी राईले चलाएको ट्रकसँग ठोक्किएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *