राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्नेः प्रधानमन्त्री ओली

 

असार १४, काठमाडाैँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका ठूला राजनीतिक दलको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएका छन् । 

नेपालको पराराष्ट्र नीतिबारे परराष्ट्र मन्त्रालयले शनिबार पहिलो पटक आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

null

उनले भने ‘पराराष्ट्र नीतिबारे सरकारले एकलौटी काम गर्दैन, त्यसका लागि मुलुकका ठूला राजनीतिक दलहरु एकै ठाउँमा रहनुपर्ने हुन्छ’ ‘छिमेकीसहित सबै राष्ट्रहरुलाई हेर्ने सरकारको नीति एउटै हुनुपर्छ, अहिलेको सरकार त्यसैमा चलिरहेको छ, समग्र मुलुकको साँझा चासो त्यसैमा छ, दलहरुको समान अवधारणा आवश्यक छ, परराष्ट्र नीति एउटै हुनुपर्छ ।’ 

प्रधानमन्त्री ओलीले छिमेकी भारतसँगको सम्बन्ध राम्रो रहेको भनिए पनि बेला बेला चलिरहने खटपटलाई अन्त्य गर्ने प्रयास भइरहेको उनले बताए । नेपालले कसैबाट हेपिएको महसुस गर्नु नपरोस् भन्दै उनले नेपालले पनि कसैलाई काखा र कसैलाई पाखा नगरेको बताएका छन् । 

यस्तै प्रधानमन्त्री ओलीले विदेशी ऋण सरकारको प्राथमिकतामा नरहेको बताउँदै लगानीको आवश्यकता रहेको बताए । उनले भने, ‘लगानी आकर्षित गर्नुपर्छ।’ त्यहीअनुरुपको परराष्ट्र नीति अवलम्बन गरिरहेको बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *