आज शुक्रबार अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं, २४ जेठ । आज शुक्रबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर १११ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १३ पैसा थियो ।आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको थियो । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६३ पैसा छ ।यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा रहेको थियो । शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४८ पैसा र बिक्रीदर २६ रुपैयाँ ६२ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ४८ पैसा र बिक्रीदर २६ रुपैयाँ ५७ पैसा थियो ।बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ १५ पैसा र बिक्रीदर २९४ रुपैयाँ ७४ पैसा छ । यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५७ पैसा तोकिएको छ । हिजो खरिददर ३६३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६३ पैसा थियो । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *