निर्माणाधिन अपार्टमेन्टको पर्खाल भत्किदाँ १५ को मृत्यु

 

असार १५, भारत । भारतको पुणेमामा शनिबार बिहान निर्माणाधिन एक अपार्टमेन्टको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ 

यस घटनामा कति व्यक्ति घाइते भएका छन् संख्या यकिन नभएको समाचार संस्था एएनआईले जनाएको छ । 

null

निर्माणाीधन काममा संलग्न रहेका कामदार सुतिरहेको स्थानमा भारी वर्षाको कारण ६० फिट अग्लो पर्खाल भत्किदाँ उक्त दुर्घटना हुन पुगेको हो । 

 

यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको भारतीय प्रहरी स्रोतले जानकारी दिएको छ। 

दुर्घटनामा घाइते भएका दुई व्यक्तिको अस्पतालमा सकुशल उपचार भइरहेको स्थानीय प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । 

यस दुर्घटनामा दुईजना अझै भत्किएको स्थानमा पुरिएको छ भने उनीहरुको खोजी तथा उद्धारको काम जारी रहेको भारतीय प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *