‘गुठी विधेयकविरुद्धको आन्दोलनमा कांग्रेसको समर्थन छ’

 

असार २, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद बडुले गुठी विधेयकविरुद्धको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद बडुले विधेयकविरुद्धको आन्दोलनमा कांग्रेसको पूर्ण समर्थन रहेको बताएका हुुन् । 

null

गुठी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्दै संसदमा उनले भने, ‘गुठी विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा चलिरहेको अत्यन्त जायज आन्दोलनमा कांग्रेस ऐक्यबद्धता जनाउन चाहन्छ र समर्थन गर्दछ ।’ 

नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दाबी गर्दै उनले गुठी विधेयकबारे संवादबाट समाधान खोज्नुपर्ने उनको भनाइ छ । 

‘सरकारले दमनको बाटो होइन वार्ता र संवादबाट समाधान खोजोस्’ उनले भने, ‘सरकारले गुठी विधेयक फिर्ता गर्नुपर्छ’, सांसद बडुले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *