पाँचौं नगरसभामा १ अर्ब ७७ करोड ९१ लाखको बजेट प्रस्तुत

 

असार १०, धरान ।  सुनसरीकै १२ स्थानीय तह मध्ये एक सुन्दर उपमहानगरपालिकाको रुपमा रहेको धरान उपमहानगरपालिकाको पाँचौ नगर सभाबाट १ अर्ब ७७ करोड ९२ लाखको बजेट प्रस्तुत गरेको छ । 

धरान ८ स्थित गोर्खा डिपार्टमेन्टको सगरमाथा सभाहलका सम्पन्न सो नगर सभामा उक्त बजेट प्रस्तुत गरिएकाे हाे । सभामा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मन्जु भण्डारी सुबेदीले नगरको निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । 

null

नगर सभामा नगरपालिकाका कार्यबाहक प्रमुख भण्डारीले नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, वातावरण संरक्षण, जलश्रोत, विपद व्यवस्थापन, समावेशी विकास, सुशासन, पर्यटन प्रवर्धन , युवा, खेलकूद र सञ्चार क्षेत्रलाई प्राथमिकता दिएको बताइन् । 

 

सो अवसरमा नगर प्रमुख भण्डारीले धरान उपमहानगरपालिकालाई समृद्ध र नमूना नगरपालिका बनाउन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु लागिपरेको बताउँदै नगरको समग्र विकासका लागि सहयोग गर्न नगरबासीहरुललाई आग्रह गरिन् । 

उनले धरान उपमहानगरपालिकालाई समृद्ध र नमूना नगरपालिका बनाउन जनप्रतिनिधि र कर्मचारीहरु एकजुट भएर लागेको पनि बताइन् । धरान उपमहानगरपालिकालाई पर्यटकीय र साँस्कृतिक नगरपालिका बनाउनका लागि पहल भैरहेको पनि बताइन् । 

नगरपालिकाले संघीय सरकार, प्रदेश सरकार संगको सहकार्य गरेर कार्य गरिरहेको पनि नगर प्रमुख भण्डारीले बताएकी थिइन् । नगर सभामै प्रमुख भण्डारीले नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । 

नगर सभामा नगरपालिकाको आगामी आर्थिक बर्ष २०७६र०७७ को लागि १ अर्ब ७७ करोड ९१ लाख रुपैंया बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

नगरपालिकाले नगरबासीहरुले माग गरेका योजनाहरुलाई नगरपालिकाले प्राथमिकता दिएर कार्य गरिरहेको बताउँदै नगरपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका ९० प्रतिशत योजनाहरु सम्पन्न भएको जानकारी गराउनुकाे साथै चालु आर्थिक बर्षको असार मसान्त सम्ममा शतप्रतिशत योजनाहरु सम्पन्न गर्ने उद्देश्यका साथ नगरपालिकाले कार्य गरिरहेको बताइन् । 

कार्यक्रममा भण्डारीले चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरु कार्यान्वयनको अवस्था उत्साहजनक रहेने समेत बताइन् । 

सोही कार्यक्रममा पत्रकार क्षमता बिकासका लागी बजेटको ब्यवस्था गरिएको छ भने नगरपालिकाले सम्पादन गरेका कार्यक्रमहरुलाई टेलिभिजनको माध्ययमबाट जनतालाइ सुसुचित गर्ने समेत उल्लेख गरिएको थियो । 

त्यस्तै नगरपालिकाले वडा कार्यालयहरुलाई पर्याप्त बजेटको व्यवस्था गरी वडाबाट हुने कामहरुलाई छिटो, छरितो र प्रभावकारी बनाएको जनाएको छ  । प्रशासनिक विभाजन अनुसार हाल धरान उपमहानगरपालिकामा २० वटा वडा कार्यालयहरु रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *