नेपाली क्रिकेट टिमको प्रशिक्षकमा भारतीय, यति लिनेछन् पारिश्रमिक

 

जेठ १७, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेट प्रशिक्षक उमेश पटवाल अनुबन्ध भएका छन् । 

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १ वर्षका लागि पटवाललाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको हो । पटवाललाई मासिक ७ हजार डलर (७ लाख ८२ हजार रुपैयाँ) दिने सम्झौता भएको छ । उनले जुन १० तारिकदेखि एक वर्षका लागि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । 

null

यसअघि नेपाली टिम जगत टमटाले हेर्दै आएका थिए । 

राखेप सदस्यसचिव केशव कुमार बिष्टले नेपालमा आयोजना हुने साग गेम्सलाई केन्द्रित गरेर पटवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिन लागेको बताए । उनका अनुसार आईसीसीले पटवाललाई प्रशिक्षक नियुक्त गरेर पठाएको हो । पटवालको तलब भत्ता लगायतको सम्पूर्ण खर्च आईसीसीले नै व्यहोर्ने छ । 

मुम्बइका पटवालसँग यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक भएर काम गरेको अनुभव छ। सन् २०१४ को टी–२० विश्वकप र २०१४ को एसिया कपमा पटवाल अफगानिस्तानको ब्याटिङ प्रशिक्षक थिए। त्यसपछि उनले अफगानिस्तानको घरेलु लिगमा प्रशिक्षक भएर काम गरेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *