चितवनमा तीन महिला सहकारीको एकता

 

जेष्ठ २७, चितवन । सहकारीको स्थापना भएको चितवन जिल्लामा सहकारीहरु मर्ज हुने क्रम सुरु भएको छ । 

सहकारीलाई व्यवस्थित गरी उत्पादन क्षेत्रमा लगानी गरी सदस्यहरुलाई व्यवसायीकरण गर्ने सरकारको लक्ष्य अनुसार पछिल्लो पटक सोमवार पूर्वी चितवनका एउटै नाम मिलेका तीन वटा महिला सहकारीबीच एकता भएको छ । 

null

रत्ननगर नगरपालिका ६ स्थित वछौली नारी वचत तथा अण सहकारी, रत्ननगर १४ स्थित पिठुवा नारी चेतना वचत तथा ऋण सहकारी र खैरहनी ८ स्थित खैरहनी नारी चेतना वचत तथा ऋण सहकारी संस्थाबीच एकता भएको हो । खैरहनी स्थित डिज्नी पार्क रिसोर्टसमा सोमवार आयोजित एक समारोहकाबीच तीन सहकारी एक भएको घोषणा गरिएको थियो । 

एकता पछि सो सहकारीको नाम नारी चेतना वचत तथा ऋण सहकारी संस्था राखिएको छ । यो संगै नारी चेतना सहकारी जिल्लामा धेरै शेयर सदस्य हुने सहकारी मध्ये पाँचौ स्थानमा परेको छ । चितवनमा ५ हजार भन्दा वढि शेयर सदस्यहरु रहने सहकारीहरुमा युनिक, प्रभात दिदि वहिनी, चितवन र भरतपुर छन् । एकता पछि नारी चेतनाको भने करिव ४ हजार शेयर सदस्य रहेका छन् । 

 

वाल वचत वाहेक सो सहकारीको अव कुल सदस्य ३ हजार ७७३ पुगेको छ । जग्गा सहित भौतिक संरचना साविक वछौली नारी चेतना वचत तथा ऋण सहकारीको भएकाले तत्काललाई त्यही केन्द्रिय कार्यालय राख्ने सहमती भएको साविक खैरहनी नारी चेतना वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुशीला उप्रेतीले वताईन् । एकिकरणका लागि आयोजित सयुक्त साधारण सभाले एकता भएको पारित गरेपछि प्रदेश सरकारबाट स्वीकृत गर्नु पर्ने व्यवस्था छ । 

एउटै पालिका भित्रकै सहकारीबीच एकता भएको भए स्थानिय तहबाटै स्वीकृत हुने भएपनि दुई पालिकाका बीच एकता भएकाले प्रदेशबाट स्वीकृत गर्नु पर्ने नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका पूर्व संचालक इन्द्रराज ज्योती पौडेलले वताए । कार्यक्रममा सहकारीका लेखा परिक्षक हरि प्रसाद सापकोटाले तीन वटै सहकारीको आर्थिक गतिविधीको प्रतिवेदन पेश गरेका थिए भने वछौली नारी चेतना वचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक शारदा विडारीले पेश गरेको २१ वटा प्रस्ताव सदस्यहरुले पारित गरेका थिए । 

साविक वछौली नारी चेतना वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष वविता चौधरीको अध्यक्षता तथा रत्ननगर ६ का वडाध्यक्ष वलराम दहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पिठुवा नारी चेतना सहकारीकी अध्यक्ष संगिता थापा,खैरहनीकी अध्यक्ष सुशिला उप्रेती लगायतले मन्तव्य राखेका थिए । 

नेपालभर ३४ हजार ५१२ सहकारीहरु रहेका छन् भने करिव १४ हजार भन्दा वढि वचत तथा ऋण सहकारी संस्था छन् । चितवनमा ६६० सहकारी मध्ये ३ सय वचत तथा ऋण सहकारी संस्था रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *