क्रियाशिल पत्रकार महिला सुनसरीको अध्यक्षमा मनीता चाम्लीङ राई

 

असार १३, धरान ।  क्रियाशिल पत्रकार महिला जिल्ला शाखा सुनसरीको अध्यक्षमा मनिता चाम्लिङ राई चयन भएकी छिन् । 

संस्थाको आज शुक्रबार धरान १३ स्थित पत्रकार महासंघ सुनसरीको सभाहलमा सम्पन्न जिल्ला भेला तथा अधिवेशनले चाम्लिङ सहित पछि दुई सदस्य थप हुने गरी १३ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मत रुपमा चयन गरेको छ ।  

null

कार्यसमितिको उपाध्यक्षमा सुभद्रा प्याकुरेल, सचिवमा सन्जु राई, सह सचिवमा बिमला तिमल्सीना र कोषाध्यक्षमा अनिता रसाईली चयन भएका छन् । 

 

त्यस्तै कार्य समिति सदस्यहरुमा जमुना श्रेष्ठ, रोमा रिजाल, देबीका राई,मौषमी कार्की,रश्मी प्रधान र लक्ष्मी नेम्बाङ रहेका छन् ।  क्रियाशिल पत्रकार महिला प्रदेश नं एककी सम्योजक गंगा बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राई, सदस्य सुनिता केसी राई लगायत जिल्लामा क्रियाशिल महिला पत्रकारहरुका साथै अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो । 

 

सोही कार्यक्रममा सबिता राई तथा सुनिता केसी राईलाई सम्मन समेत गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथी गंगा बरालले सम्मान पत्र तथा अबिर लगाएर सम्मान गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *