दुहबी नगरपालिकामा भेटियाे डेंगुको बिरामी
असार ४, सुनसरी । सुनसरी दुहबी नगरपालिकामा समेत डेंगुको बिरामी भेटिएको छ । दुहबी नगरपालिकाकै अगाडी घर भएकी लता अग्रहरिलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका दुहबी प्रमुख उचित नारायण शाहले जानकारी दिए ।
धरानमा डेंगुको बिरामी भेटिएपछि बिराटनगर, इनरुवा र अब दुहबीमा समेत बिरामी भेटिन थालेको जनस्वास्थ्य प्रमुख उचित नारायण शाहले जनाएको छ । २ दिन देखि ज्वोरो अधिक बढे पछि स्थानीय इजि केयर स्वास्थ्य सेवा प्रा ली मा उपचार गर्ने क्रममा डेंगु रोगको संक्रमण फेला परेको र थप उपचारको लागि बिराटनगर स्थित कोशी अञ्चल अस्पतालमा रेफर गरिएको स्वास्थ्य संस्थाका संचालक आसिफ अन्सारीले जानकारी दिए ।
null
डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयहरुले डेंगुविरुद्धको सचेतना कार्यक्रम लै अझैं शसक्त तरिकाले सञ्चालनमा ल्याउने जनाएको छ । दुहबीको सम्पूर्ण वडामा डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको दुहबी नगरपालिकाका प्रमुख बेद प्रसाद गछादरले बताए । रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा सङ्क्रमितको आशङ्का गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन ।
स्थानीयवासीले ज्वरो पश्चात उपचारका लागि बिरामीलाई धरान र विराटनगर पुरयाइएकाले सङ्क्रमण भएका रोगीको सङ्ख्या अधिक हुनसक्ने आङ्कलन गरे पनि जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका दुहबी प्रमुख उचित नारायण शाहले भने आधिकारिक रूपमा दुहबीमा एक जनामा मात्र डेंगु सङ्क्रमण पाइएको जनाएको छ ।
नगरपालिकाले सचेतना सम्बन्धी विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालनको तयारी शुरु गर्दै प्रतयेक वडाका स्वयंसेविका, आमा समूह, सङ्घसंस्थाका पदाधिकारीलगायतको उपस्थितिमा सावधानी र सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने तयारी गरि रहेको जनाएको छ ।
उता भने डेंगु संक्रमित बिरामीको आफन्तसंग सम्पर्क गर्दा अहिले सम्म नगरपालिकाले कुनै किसिम को सहयोग र जनचेतना को सामग्री उपलब्ध नगराएको र स्थलगत अनुगमन मा समेत चासो नदेखाएको भनेर आरोप लगाएका छन्।