प्रहरी चौकी कब्जा गर्ने विप्लव माओवादीको योजना विफल, सेनाको हेलिकोप्टरमा गए सुरक्षाकर्मी

जेठ २०, सोलुखुम्बु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास असफल भएको छ ।  

गएराति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न २५–३० जनाको समूहमा विप्लवका कार्यकर्ताले आक्रमण गर्न खोजेपनि उनीहरुको प्रयास असफल भएको हो । घटना जिल्ला सदरमुकाम सल्लेरीदेखि करिब २५ कोश टाढाको गाउँ छेस्काममा भएको हो । 

विप्लवका कार्यकर्ता आउनु अघि नै प्रहरी हतियारसहित तैनाथ भएपछि कब्जा गर्ने प्रयास असफल भएको सुरक्षा स्रोतले जनाएको छ । विप्लव कार्यकर्ता कब्जाको लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरीसहित हतियार तैनाथ गरिएको थियो । प्रहरी र विप्लवका कार्यकर्ताबीच भेट नभएको भएपनि राति १२ बजे देखि बिहान ३ बजेसम्म चौकी आसपासमै विप्लवका कार्यकर्ता रहेको प्रहरी स्रोतको दाबी छ । 

null

महाकुलुङ क्षेत्रमा केहि दिनदेखि विद्युत अवरोधका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ । 

नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको छ । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको छ । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पछिल्लो समय गाउँपालिकाको केही वडामा विप्लव समूहको गतिविधि बढेको बताए । 

यता, प्रहरी चौकीमा ‘विप्लव’ नेतृत्वको समूहले आक्रमणको प्रयास गरेपछि सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, शसस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *