२४ वर्षे यी युवाकाे कुटीकुटी हत्या

  

 

असार ९ ।  ‘त्यो १७ जूनको रात थियो । मेरा श्रीमान् जमशेदपुर गाउँबाट फर्किरहेका थिए, त्यति नै बेला घातकीडीह गाउँमा केही मानिसहरुले उनलाई घेरे । 

null

चोरीको आरोप लगाएर उनलाई रातभरी बिजुलीको पोलमा बाँधेर राखियो । उनलाई अत्यधिक कुटियो र ‘जय श्री राम व जय हनुमान’ भन्न लगाइयो । त्यस्तो नभन्दा उनलाई अत्यधिक कुटियो । 

बिहान उनलाई सरायकेला थानाको पुलिसलाई सुम्पिइयो । पुलिसले कुटपिट गर्नेहरुलाई कारवाही गर्नुको साटो मेरा श्रीमानलाई नै चोरीको आरोपमा जेल पठाइयो । उनलाई आन्तरिक चोट लागेको थियो जसका कारण हिजो उनको मृत्यु भयो ।’ 

 शाइस्ता परवीन यति भनेर डाँको छोडेर रुन्छिन् । केही महिना अघिमात्रै उनको विवाह तबरेज अन्सारीसँग भएको थियो । 

शाइस्ताले बीबीसीसँग भनिन्, ‘मैले पुलिसलाई यसको लिखित उजुरी दिएकी छु । उनीहरुले मेरो रिपोर्ट दर्ता गरेर मलाई न्याय दिलाउनुपर्छ । तरबेज २४ वर्षका मात्रै थिए । उनको हत्या गरियो । यो मामलामा पुलिस र जेल प्रशासनले लापरवाही गरेका छन् । यसको उच्चस्तरीय अनुसन्धान हुनुपर्छ ।’ 

  

तबरेजकी आमा र श्रीमती । 

सराकेला थानाका प्रभारी अविनाश कुमारले मिडियासँगको कुराकानीमा धातकीडीह गाउँका मानिसहरुले तबरेज अन्सारीलाई चोरीको आरोपमा पक्राउ गरेको जानकारी दिए । 

उनले भने, ‘गाउँलेले तबरेजलाई कमल महतो भन्ने व्यक्तिको छतबाट हाम फालिरहेको देखेका थिए । उनीसँग अन्य दुईजना पनि थिए, जो भाग्न सफल भए ।’ 

‘तबरेजलाई गाउँलेले समाते । त्यसपछि उनीहरुले हामीलाई सुम्पिए । उनीविरुद्ध चोरीको रिपोर्ट दर्ता गरिएको थियो । हामीले उपचार गराएपछि उनलाई अदालत लिएर गयौं । जहाँबाट उनलाई सरायकेला जेल पठाइयो । यसमा पुलिसको कुनै लापरवाही छैन ।’ 

यता जेलका अधिकारी पोस्टमार्टमका लागि तबरेजको शव लिएर आउँदा सरायकेला सदर अस्पतालमा हंगामा भयो । केही बेरपछिको हंगामा पछि पुलिसले आक्रोशितलाई सम्झाए । त्यसपछि तबरेजको शवलाई जमशेदपुर पठाइयो । 

  

तबरेजको भिडियोः 

यसैबीच तबरेज अन्सारीको पिटाईको भिडियो भाइरल भइरहेको छ । यसमा गाउँलेले उनलाई पोलमा बाँधेर पिटिरहेको देख्न सकिन्छ । 

नाम सोधेपछि उनलाई जय श्री राम र जय हनुमान भन्न लगाइएको छ । यो भिडियोमा केही महिला पनि देखिएका छन् । केही जागरुक व्यक्तिले यो भिडियो एसपीसलाई पनि उपलब्ध गराएका छन् । 

‘मब लिचिङ’ (भीडद्वारा कुटीकुटी हत्या) को विषउमा झारखण्ड सधैं चर्चामा रहँदै आएको छ । झारखण्ड जनाधिकार मोर्चाको एक रिपोर्ट अनुसार अहिलेको भाजपा शासनमा कम्तीमा १२ जनालाई यहाँ भीडले हत्या गरेको छ । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *