प्राइम बैंक र ललितपुर फाइनान्स विच सहमति

 

जेठ २६, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड र ललितपुर फाइनान्स लिमिटेडविच प्राप्ति–(एक्विजिसन) गर्ने सम्वन्धी सहमति भएको छ । बैंक र फाइनान्स विच आज उक्त सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरेका छन् । 

null

कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ । 

नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको बैंकले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *