प्रधानमन्त्रीको युरोप यात्रा भोलिदेखि, यस्तो छ भ्रमण तालिका

२०७६ जेठ २५ गते

जेठ १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलिदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री ओली शनिबार (जेठ २५ गते) देखि स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेका हुन् ।
null
जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारण सभामा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ ।
दुई दिन त्यहाँ रहेर प्रम ओलीले जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने छन् । उनले बेलायतमा नेपाली समुदायसँग भेटघाट गर्ने पनि कार्यक्रम छ ।
जेठ २९ गते प्रधानमन्त्री जाने कार्यक्रम छ । त्यहाँ उनले उच्च स्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
तीन देशको भ्रमण सकाएर असार १ गते प्रम ओली नेपाल फर्कने कार्यक्रम छ ।

२०७६ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित