युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

 

असार १३, काठमाडौं । काठमाडौंको बालाजुबाट एक युवतीलाई यातना दिने धर्तीमाता पक्राउ परेकी छिन् । 

काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने महिलालाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो । 

null

घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो । 

उनले ती युवतीलाई ‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै पिटेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो । 

हालसम्म पीडितलाई नभेटिएको तथा उजुरी दिन आग्रह गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *