प्रधानमन्त्री ओलीले रिंगरोडमा फलफुलका विरुवा रोप्दै

असार १४, काठमाडौं । वनजंगल संरक्षण गर्ने उद्देश्यले सरकारले आजबाट देशभर वृक्षरोपण अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपण अभियानको शुभारम्भ काठमाडौंको कोटेश्वर क्षेत्रमा फलफूलका बिरुवा रोपेर गर्ने कार्यक्रम छ । 

सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेर आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना बनाएको छ ।काठमाडौंमा कोटेश्वर–कलंकी सडकखण्डको किनारमा फलफूलका बिरुवा रोपिन प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद बहादुर कुँवरले जानकारी दिए । 

अभियानमा केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ–आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ । 

null

अभियानमा राजनीतिक दलका भ्रातृसंगठनहरु पनि सहभागी हुँदैछन् । सरकारको नेतृत्वकर्ता दल नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कोटेश्वर–कलंकी क्षेत्रलाई बिभिन्न खण्डमा बिभाजन गरी कार्यकर्ताहरु परिचालन गरिएको जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *