११ वर्षीय बालकद्वारा आत्महत्या, सुसाइड नोटमा यस्तो भेटियो

 

असार ९, ललितपुर । ललितपुरमा एक ११ वर्षीय बालकले आत्महत्या गरेका छन् । 

ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय समिर लुङवाले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् । 

null

समिर कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत छन् । उनको रोल नम्बर ५ हो । 

प्रहरीले आत्महत्याको अनुसन्धान गर्ने क्रममा बालकको सुसाइड नोट पनि बरामद गरेको छ । सुसाइड नोटमा बालकले आफूलाई कसैले पनि माया नगरेको, घरमा पनि हेँला गरेको, स्कुलमा शिक्षकले पिट्ने गरेको उल्लेख गरेको प्रहरीले जनाएको छ । 

बालकले लेखेको सुसाइड नोटमा के छ ? ‘मेरो नाम समिर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाई भाउजुले हेँला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु । सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार बर्ष भएँ ।’ 

बालकले आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *