कर्जाबजार डटकमको सुरुवात

जेठ २८, काठमाडौं । नेपालकै प्रथम डिजिटल बजार ( karjabazaar.com ) को सुरुवात भएको छ । शुक्रबार काठमाडौको होटेल एम्बेसडरमा Phoenix Capital Private Ltd का तर्फबाट आयोजित कार्यक्रममा स्टान्डर्ड चार्टर बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरव घोष दस्तीदारले व्यक्तिगत कर्जाको लागि नेपालकै प्रथम डिजिटल बजार karjabazaar.com को सुरुवात गरे । 

कर्जाबजार बाट प्रयोगकर्ताहरुले प्रमाणपत्र प्राप्त बित्तिय संस्थाहरु बाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरु (घर, सवारी साधन, अचल सम्पत्ति कर्जा, क्रेडिट कार्ड आदि) का बारेमा व्याजदर, कार्यान्वयनका शर्तहरु, प्राप्त गर्नका लागि बैंकले तोकेका मापदण्ड आदिका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन । 

 

null

यसका साथै वेवसाईटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि आवेदनका लागि चालिने प्रकृयाका समेतका बारेमा पनि हेर्न सक्नेछन । कर्जाबजारलाई नेपालका प्रमुख बाणिज्य बैंकहरुसँग विस्तृत परामर्श र प्रकृया प्रवाह समायोजन गरेर मात्र अनलाईन रिलिज गरिएको हो । 

तीनवटा बाणिज्य बैंकहरु (स्टान्डर्ड चार्टर बैंक, एन.एम.बि. बैंक र लक्ष्मी बैंक) र क्षेत्रीय विकास बैंक (सिन्धु विकास बैंक) ले कर्जाबजार सँग सम्झौता गरिसकेका छन । 

कर्जाबजारले ग्राहकलाई आकर्षण गर्न लागत प्रभावी र नविन माध्यमका रुपमा कार्य गर्ने हुँदा अझै बढि बैंक र बित्तिय संस्थाहरु पनि यसमा संलग्न हुने अपेक्षा गरिएको छ । 

कर्जा प्रवाहका बारेमा हुने सुचनाको कमीलाई चिर्नका लागि, कर्जाबजारले कर्जा प्रदायकहरु व्यक्तिगत कर्जादारहरुको योग्यताको आंकलन गर्न सक्षम हुन भनि आफ्नै स्वामित्वमा क्रेडिट स्कोरिङ सुत्रको पनि बिकास गरेको छ । 

Phoenix Capital Private Ltd. (PCPL) नेपालमा डिजिटल अर्थव्यवस्थाको निर्माणमा योगदान पुर्याउने उद्देश्यका साथ युवा उद्यमीहरुद्धारा प्रवर्तन गरिएको एउटा आर्थिक–प्राविधिक कम्पनी हो । सन २०१६ मा ल्याईएको ebeema नामक अनलाईन पोर्टल, यस कम्पनीको प्रथम सिर्जना हो जसले विमाको क्षेत्रमा काम गर्दछ । 

यस पोर्टल मार्फत हालसम्म नेपालका मुख्य बिमा कम्पनीहरुका करिव १२०० भन्दा बढि बिमा नीतिहरुको बिक्रि भईसकेको छ । PCPL ले सेवा विस्तारका लागि सन २०१८ मा True North Associate भन्ने स्थानीय निजी समन्यायीक फर्मबाट बिज लगानी प्राप्त गरेको थियो । यस संस्थामा विमा र बैंकिङ सेवामा प्रयाप्तमात्रामा तालिम प्राप्त कर्मचारीहरु रहेका छन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *