दाइजोमा १ करोड नदिएको भन्दै दुलहाले मण्डपमै छोडिदिए दुलही

  

असार १५, नयाँ दिल्ली । भारतमा दाइजोमा १ करोड नपाएको भन्दै दुलहा विवाह मण्डपबाटै उठेर हिँडेका छन् । 

भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोयडामा अजय गुप्ताले दाइजोमा १ करोड भारु नपाएपछि विवाह तोडेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

null

दुलहीले दुलाहसहित अन्य १० जनाविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । दुलहीले अक्षय गुप्ता, उनका पिता विजय कुमार, आमा रजनी गुप्ता र अन्य सातजनाविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । 

भारतीय मिडियाका अनुसार दुलही दिल्लीको एउटा बैंकमा काम गर्छिन् भने दुलाहा एक व्यापारी हुन् । 

पीडित महिलाका अनुसार विवाह निश्चित भएपछि दुलहाले सुरुमा ६ दाजुभाइका लागि सुनको सिक्का, आमा–बुवाका लागि सुनको सिक्री र पाँचतारे होटलमा पार्टी दिनुपर्ने माग गरेका थिए । 

उक्त मागमा सहमति भएको दुई दिनपछि उनकी आमाले फोन गरेर एक करोड नगद दिनुपर्ने नभए विवाह तोड्ने चेतावनी दिएकी थिइन् । 

विवाहको दिन दुलहाको यो माग पुरा नभएपछि उनी विवाह मण्डप छोडेर गएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *