कांग्रेसले किसानको खुशी खोस्न गुठी विधेयकबारे भ्रम फैलायोः सांसद चौधरी

 

असार ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सद्गौवाले प्रतिपक्षी दल नेपाली कांग्रेसले किसानको खुशी खोस्ने काम गरेको आरोप लगाएकी छिन् । 

बिहीबार संसदको छलफलमा भाग लिँदै सांसद चौधरीले कांग्रेसले गुठी विधेयकको भ्रामक प्रचार गरी गरीब किसानका छोरा छोरीको गाँसबास खोस्ने काम गरेको आरोप लगाएकी हुन् । 

null

संसदमा उनले भनिन्, ‘सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुःखीहरुको मुहारमा खुसी देख्न सकेन । र गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भूमिहीन किसानहरुको छोरा छोरीको गासबास खोस्न प्रयास गरि विधेयक फिर्ता गर्न खेल खेल्यो ।’ 

गुठी विधेयक फिर्ताले गुठी पीडित किसानहरुको भावनामा ठुलो ठेस पुगेको उनको भनाइ छ । उनले भनिन्, ‘गुठी विधेयक फिर्ताले गुठी पीडित किसानहरुको भावनामा ठूलो ठेस पुगेको छ । गहभरि आँसु लिएर खाना नखाइ भोकभोकै ठूलो खुल्ला मैदानबाट लाखौँ गुठी पीडीत भूमिहीन किसान भन्दै थिए– सरकार तिमीलाई धन्यवाद छ । आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ ।’ 

धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरुबाट नै राज्यसत्ता सञ्चालन भइरहेको भन्दै उनले मालिकहरुले अझै पनि धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेको आरोप लगाइन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *