‘मलाई चिन्ता छ, मदन भण्डारीजस्तै हामी पनि मारिन सक्छौँ’

 

असार १४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला–ठूला राजनीतिक हत्या, प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिलेसम्म सफल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मदन भण्डारीको हत्या अनि दरबारहत्याकाण्ड भईसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेकोमा चिन्ता प्रकट गरेका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘हामी अहिले सरकारमा छौँ । सरकारको नेतृत्व गरेका छौँ तर हत्यारा भन्न सक्ने ठाउँमा छैनौँ । के ले दिँदैन हामीलाई ? जनताले नदिएको त पक्कै होइन । बरु यसलाई त्यसै त्यसै ढिला हुन दिउँ त्यसै ठिक हुन्छ भन्या जस्तो अवस्था हाम्रो छ ।’ 

अध्यक्ष दाहालले कमरेड मदन भण्डारीको रहस्यमय अवसान किन भयो र भोली त्यस्तै हुँदैन भन्ने कुराको ग्यारेन्टी गर्न नसकिएको बताउँदै भने, ‘कमरेड मदन भण्डारी देशप्रेमी हुनुहुन्थ्यो । उहाँको हत्या नियोजित थियो । कहिलेकाहीँ मलाई चिन्ता लाग्छ । हामी मारिएका छैनौँ अहिलेसम्म । भोलि मारिन पनि सक्छौँ ।’ 

उनले पार्टी सुदृढ गर्दै सरकारलाई सफल पार्ने र जनआकांक्षालाई सम्बोधन गर्ने विषयमा असफल भए दुई नेताको मात्रै असफलता नहुने भन्दै त्यसले सिंगो मुलुकको प्रणालीनै खतरामा पर्नेतर्फ पनि संकेत गरे । 

उनले भने, ‘पार्टी एकता सफल भएन भने देश खतरामा पर्छ। नेकपा फुटेर कांग्रेस आउने सम्भावना पनि छैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *