‘सेवा घर’मा शिशिरले जन्मदीन मनाउँदाको खुसीयाली (फाेटाे फिचर सहित)

 

असार १४, काठमाडौं । शिक्षा क्षेत्रलाई कर्मथलो बनाउँदै आएका युवा ब्यवसायी शिशिर सिंखडाले आफ्नो जन्मदीन सदावर्ष झैं यसपटक पनि फरक तवरले मनाएका छन् । हरेक वर्ष जन्मदीनमा सामाजिक काम गर्ने सिंखडाले यसपटक भक्तपुर स्थित मानव कल्याण समाजलाई १ महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका छन् । 

राजधानीको बागबजारमा क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी संस्था सञ्चालन गर्दै आइरहेका शिशिरले आफ्नो जन्मदीन सेवा घरमा मनाउँदा सेवा घरका सञ्चालक मात्र हैन सामाजिक क्षेत्रका सक्रिय ब्यक्तित्वहरु समेत प्रभावित भए । 

null

शुक्रबार सेवा घरमा विशेष कार्यक्रम थियो । कलकल ग्रुपको विशेष सहयोगमा मकालु खबरले तयार पारेको डकुमेन्ट्री प्रर्दशन गर्ने कार्यक्रममा प्रमुख अतिथि भएर आएका थिए, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधान । उनले समेत शिशिर सिंखडाको कार्य प्रति प्रशंशा गर्दै अहिलेका युवाहरुले जन्मदीनमा जाँडरक्सी खाएर खर्च गर्नुभन्दा यस्ता सामाजिक काम गर्नुपर्ने औल्याए । ‘शिशिर जीको जस्तो सोच अहिलेको पुस्तामा हुन जरुरी छ । समाजबाट यो देशलाई नै सडक मानवमुक्त बनाउन हातेमालो गर्न जरुरी छ ।’ 

 

कार्यक्रम हुँदै गर्दा चामल, चिउरा, दाल नुन तेल लिएर आएका शिशिर सिंखडालाई एसपी प्रधान सहित कार्यक्रममा उपस्थित भएका विभिन्न महानुभावहरुले तालीसँगै पुष्पगुच्छाले हर्षोल्लासका साथ स्वागत गरे । ‘सडकमा आफ्नो पहिचान नै गुमाएर जीवन ब्यतित गर्दै आएका आमाबुबा, दाजुभाई छोराछोरीलाई सेवा घरले आश्रय दिइरहँदा यस्ता सहयोगी हात पाउँनु हाम्रो लागि गर्वको कुरा हो, शिशिर सर र उहाँको परीवार प्रति कृतज्ञता ब्यक्त गर्दछौं ।’ कार्यक्रम सञ्चालिका तथा मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले माइकबाटै उद्घोष गरिन् । 

जन्मदीनमा मदीरा पार्टी गर्दै लाखौं खर्च गर्ने युवाहरुको सोच बदल्न शिशिरले हिजो शुक्रबार मानव कल्याण समाजका ४० जना असहाय, बृद्धबृद्धा, मनोरोगी र अनाथ बालबालिकासँग खुसीयाली साटासाट गर्न आफ्ना परीवार सहित सेवा घर पुगेका थिए । उनले उक्त अवसरमा सेवा घरलाई १ महिनासम्म पुग्ने खाद्यान्न सहयोग गरे । 

 

नयाँ बानेश्वरमा परीवार सहित बस्दै आएका शिशिरले चामल, नुन, तेल, दाल, मरमसला र चिउरा लिएर गएका थिए । ‘मानव भएर मानवको सेवा गर्नुभन्दा ठूलो धर्म अरु केही हैन, थोरै भएपनि यहाँहरुको अभियानमा हातेमालो गर्न पाएँ धन्य भएको छु ।’ कार्यक्रममा बोल्दै सिंखडाले भने । 

उनले आफ्नै घरपरीवारबाट तिरस्कृत भएर पहिचान गुमाउँदै सडकमा नारकीय जीवन ब्यतित गर्नेलाई आश्रय दिएर सेवा घरले सबैभन्दा ठूलो धर्म गरेको जिकिर गरे । ‘मन्दीर गएर, पुजा पाठ गरेर कमाएको धर्म मानव सेवा गरेको भन्दा ठूलो धर्म हुन सक्दैन । अरुको गाँस काटेर खाएको अन्नले पेट त भरिएला तर, मन भरिन्न । हामी सबैले एक छाक नखाएर भएपनि भोकाएकालाई खुवाउनु जरुरी छ ।’ उनले भने । 

आजकल परीवार एकल हुँदै गएको र छोराछोरीले बृद्ध बाबुआमालाई तिरस्कार गर्ने संस्कार विकसित भएको भन्दै यसले सामाजिक विचलन नै आउन सक्ने प्रति चिन्ता ब्यक्त गरे । विभिन्न दाताहरुको स्वेच्छिक सहयोगबाट सञ्चालन भइरहेको सेवा घरमा सिंखडा परीवार नै पुगेर खुसीयाली साटासाट गर्दा सेवा घरकी सञ्चालिका सुमित्रा चौंलागाई मात्र हैन त्यहाँ आश्रित ४० जना आमाबुबा, दाजुभाई तथा बालबालिका समेत औधी खुसी भएका थिए । 

 

‘उहाँको यो सहयोगले हामीलाई ठूलो राहत मिलेको छ, उहाँ जस्ता सहयोगी हातहरु अब सेवा घरलाई उठाउन जुट्नु पर्छ ।’ सेवा घरकी अध्यक्ष सुमित्रा चालागाईले भनिन् । विभिन्न कारणले आफ्नो घरपरीवारबाट तिरस्कृत भएका, सडकमा वेवारिसे अवस्थामा जीवन यापन गर्न बाध्य भएकालाई सेवा घरले आश्रय मात्र दिएको छैन धेरैलाई समाज र परीवारमा पुर्नस्थापित समेत गरेको छ । 

दुई वर्षअघि दुईवटा कोठा भाडामा लिएर सुमित्रा चौलागाईले सुरु गरेको सेवा घरमा अहिलेसम्म १ सयभन्दा बढिले आश्रय पाइसकेका छन् । त्यसमा करिब ३५ जना पुनः समाज र परीवारमा पुर्नस्थापित भएको सञ्चालिका सुमित्रा चौलागाईले बताइन् । 

 

‘सडकमा भौतारिइरहेका मानवहरुलाई सेवा घरमा ल्याएर आश्रय दिनु दिर्घकालिन समाधान हैन, उहाँहरुलाई सडकमा आउन नदिनु नै ठूलो कुरा हो । त्यसका लागि समाजमा जनचेतना फैलाउनु जरुरी छ ।’ पछिल्लो समय घरपरीवारमा बृद्धबृद्धा, मनोरोगी र असहायलाई तिरस्कार गर्नेहरु बढिरहेको सन्दर्भमा सुमित्राले भनिन् । 

कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी शिशु प्रधान, कलकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत करुण पराजुली, समाजसेवि राजाराम खड्का, संगमेश्वर महादेव विकास संस्थाका अध्यक्ष मोहनव रसिद प्रधान, संगम योग साधना केन्द्रका अध्यक्ष केदार प्रसाद श्रेष्ठ, जिबन बिज्ञान राधे राधे केन्द्रका अध्यक्ष शान्ति ढकाल लगायत विभिन्न समाजसेवीहरुको उपस्थिति रहेको थियो । 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *