चिकित्सक सरह अवकास समय हुनुपर्ने भन्दै वीपी प्रतिष्ठानका कर्मचारीद्वारा सर्वोच्चमा रिट

 

धरान असार ९ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले कर्मचारी, शिक्षक र चिकित्सकविच असमान ब्यवहार गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

प्रतिष्ठानको कर्मचारी कल्याण समाज तदर्थ समितिले गत फागुन १६ र १७ गते बसेको प्रतिष्ठानको ४२ औं सिनेट बैठकले डाक्टर तथा शिक्षकहरुको अवकास समय थप गरे पनि कर्मचारी तथा नर्सहरुको समय थप नगरेको भन्दैं सर्वोच्च अदालतमा रिट हालेको हो । 

null

तीन साता अघि कर्मचारी कल्याण समाज तदर्थ समितिका संयोजक राजन कोइरालाले प्रतिष्ठानको विरुद्ध रिट दायर गरेका हुन । ४२ औं सिनेटले चिकित्सक कर्मचारीको अवकास समय ६१ बर्षलाई बढाएर ६५ वर्ष कायम गरेपनि कर्मचारीका हकमा कुनै निर्णइ गरेको थिएन । 

तदर्थ समितिका संयोजक राजन कोइरालाले स्वास्थ्य मन्त्रालय र वीपी प्रतिष्ठानलाई विपक्षि बनाएर रिट दायर गरेका हुन । एउटै संस्थामा कार्यरत कर्मचारी, शिक्षक र चिकित्सकको हकमा अवकासका हकमा फरकफरक ब्यवस्था रहेको छ । 

सिनेटको निर्णय विभेदकारी भएको भन्दैं कर्मचारीहरुको पनि अवकास समय बढाएर ६५ बर्ष कायम गराउन रिट निवेदन दिइएको हो । सर्वोच्चले भोली असार १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *