अमेरिका–चीनबीचको व्यापारयुद्धको बरफ पग्लियो

  

असार १५ ।  संसारका दुई शक्तिशाली देशबीचको सम्बन्धले ती दुई देशलाई मात्र नभई संसारका अन्य देशलाई पनि प्रत्यक्ष असर पारिरहेको हुन्छ । 

 

null

अमेरिका र चीनबीच लामो समयदेखि व्यापारिक गतिरोधको स्थिती छ र यसको असर संसारका अन्य मुलुकमाथि पनि परिरहेको छ । तर अब यी दुई देशबीचको सम्बन्ध केही सौहाद्र्ध हुनसक्ने अनुमान गरिएको छ । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिंगबीच व्यापारिक विषयमा एक नयाँ ढङ्गले कुराकानी गर्ने सहमती बनेको छ । जापानको ओसाकामा जी–२० शिखर सम्मेलनमा भाग लिन पुगेका डोनल्ड ट्रम्प र शी जिनपिंगबीच शनिबार भेट भयो । 

त्यसपछि अमेरिका र चीन व्यापार वार्ता पुनः सुरु गर्ने कुरामा सहमत भए । यो सहमतीबाट यो अन्दाज लगाउन सकिन्छ कि लामो समयदेखि चल्दै आएको यो गतिरोधका कारण पैदा भएको अन्तरराष्ट्रिय आर्थिक मन्दीबाट केही राहत त पक्कै मिल्नेछ । 

अमेरिकी राष्ट्रपतिले आफूले अमेरिकी अमेरिकी कम्पनीलाई चीनको सबैभन्द ठूलो टेक कम्पनीमध्ये एक ह्वावेको विक्रि जारी राख्न अनुमती दिने घोषणा गरेका छन् । 

ट्रम्पको यो घोषणलाई एउटा निकै ठूलो छुटको रुपमा हेरिएको छ । यी घोषणा आफैंमा विशेष छ किनभने यसअघि अमेरिकाले चीनलाई अतिरिक्त व्यापारिक प्रतिबन्ध लगाउने धम्की दिएका थिए । 

ट्रम्पले भविष्यमा बेइजिङसँग कुराकानी जारी राख्ने पनि बताएका थिए । 

त्यसपछि ट्रम्पले एक पत्रकार सम्मेलनको घोषणा गर्दै अमेरिकी प्राविधिक कम्पनीलाई पुनः ह्वावेको विक्रि गर्नसक्ने बताए । यो घोषणा निकै विशेष छ किनभने अमेरिकी वाणिज्य विभागले पछिल्लो महिनामात्र उक्त प्रतिबन्ध लगाएको थियो र यसलाई अब पूर्ण रुपमा उल्टाइएको छ । 

 

कसरी बढ्यो चीन र अमेरिका विवाद ? 

अमेरिका र चीनबीच पछिल्लो एक वर्षदेखि व्यापारिक युद्ध चलिरहेको छ जसका कारण दुबै देशले कुनै न कुनै रुपमा क्षती व्यवहोर्नुपरेको छ । 

ट्रम्पले चीनमाथि आफ्नो बौद्धिक सम्पत्ति चोर्ने कोसिस गरेको आरोप लगाएका थिए । चीनले अमेरिकामा व्यापारको बदलामा त्यहाँका कम्पनीलाई गोप्य जानकारी दिनका लागि बाध्य बनाएको आरोप लगाएको थियो । यता चीनले भने व्यापार सुधार्नका लागि अमेरिकाको माग अनुचित भएको बताएको थियो । 

यसअघि मे महिनामा पनि दुई देशबीच वार्ता भएको थियो तर केही सकारात्मक नतिजा निस्किएको थिएन । उक्त शिखर सम्मेलनपूर्व दुई देशबीचको सम्बन्ध अत्यधिक बिग्रिएको थियो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *