एन आई सी एशिया बैंकको “eSewa Counter Deposit” सेवा सुरु

काठमाडौं । एन आई सी एशिया बैंकले इ–सेवा काउन्टर डिपोजिट सेवा सुरु गरेको छ । जस अनुसार अब ग्राहकले बैंकको जुनसुकै शाखा काउण्टरबाट आफ्नो eSewa खातामा रकम सिधै जम्मा गर्न सक्नेछन् । 

हाल ग्राहकले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्दथे भने अब “eSewa Counter Deposit” को सेवाबाट पनि eSewa को एजेन्ट तथा ग्राहकहरूले बैंकको जुनसुकै शाखामा गई काउण्टरबाट नै eSewa मा रकम जम्मा गर्न सक्नेछन् । 

 

null

हाल बैंकले देशभरका २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

यस बैंकको हाल करिब १६ लाख ग्राहक रहेका छन् । भने, बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *