छिमेकीलाई छुरा प्रहारगरी हत्या गर्ने राई पक्राउ

 

जेठ १७, इलाम । इलाममा छुरा प्रहार गरी हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा इलाम नगरपालिका १२ साङ्म्बाका बिनोद राई रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । 

null

मंगलबार राती सोही स्थानका छिमेकी सुकराज नेम्वाङसँग सामान्य विवाद हुँदा राईले नेम्वाङलाई छुरा प्रहार गरी भागेका थिए । प्रहरीका अनुसार छुरा प्रहारबाट गम्भिर घाइते भएका नेम्वाङको उपचारको क्रममा शुक्रबार बिर्तामोड स्थित बिएण्डसी अस्पताल मृत्यु भएको हो । 

छिमेकी नेम्वाङलाई छुरा प्रहार गरी फरार रहेका राईलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *