तेमालका बालबालिकालाई शैक्षिक सामाग्री बितरण

 

जेठ २८, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा युथ फर ह्युमन राइट्स र कर्ण सकरात्मक सोचद्धारा तेमालका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ । 

काभ्रेपलाञ्चोकको तेमाल गाँउपालिका–५ मा रहेको पोखरी नारायणस्थान नि.मा.विमा अध्ययनरत विद्यार्थीलाई युथ फर ह्युमन राइट्स नेपाल र कर्ण सकरात्मक सोचको आयोजना तथा हिमालयन क्रस रोड प्रा.लि. तथा साइन्ट्रोलोजी भोल्युन्टर मिनिष्टर नेपालको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो । 

null

 

यस शैक्षिक सामाग्री बितरण कार्यक्रममा युथ फर ह्यमन राइट्सको पुस्तिका र कर्ण सकारात्मक कोषद्वारा प्रकाशित विभिन्न पुस्तिका पनी वितरण गरिएको थियो । 

 

करिब ९० जना विद्यार्थीहरुलाई उक्त संस्थाले शैक्षिक सामाग्री बितरण गर्नुको साथै सो अवसरमा वालवालिकाहरुको सुनकोशी डेन्टल क्लिनिकले शिविर परिचालन गरी निःशुल्क दन्त परीक्षण समेत गरेका थिए । 

यस शिविरमा क्लिनिकका संचालक लक्ष्मण शर्माका साथै अनुपमा अधिकारी, डा.अयरा चालिसे, डा.मनिषा श्रेष्ठ, डा.आस्था पौडेल लगायतले उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको दन्त परिक्षण गरेका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *