आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता

 

असार ११, काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई पे र आइसीएफसी फाइनान्सबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई पे का तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलियाले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

null

सम्झौतासँगै आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । 

झन्डै २० हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । 

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *