खैरहनीमा पशु सेवामा ५० प्रतिशत वजेट वृद्धी
असार १३, चितवन । चितवनको खैरहनी नगरपालिकाले पशु सेवा तर्फ आगामी आर्थिक वर्षका लागि वजेट वृद्धी गरेको छ ।
चालु आर्थिक वर्षमा ५० लाख रुपैँया रहेको वजेट वृद्धी गरि ७५ लाख रुपैया पुर्याएको छ । पुरानै कार्यक्रमको निरन्तरता भएपनि अनुदानका कार्यक्रममा भने वृद्धी गरिएको हो ।
null
आगामी आर्थिक वर्षका लागि दुग्धजन्य पदार्थको प्रशोधन तथा उद्योग स्थापनाका लागि २० लाख रुपैया विनियोजन गरेको नगरपालिकाका मेयर लालमणी चौधरीले वताए । व्यवसायिक रुपमा पशुपालनको विकास गर्दै किसानको आर्थिक वृद्धीका लागि दुधको विविधिकरण गर्न पर्छ मेयर चौधरीले भने –नगर भित्रका दुग्ध उत्पादक सहकारी छनौट गरेर आगामी वर्ष डेरी उद्योगका लागि अनुदान दिदैछौं ।
पशुपालनको विकासका लागि खैरहनीले प्रति लिटर दुधमा अनुदान समेत वृद्धी गरेको छ । त्यसका लागि २० लाख रुपैया छुट्याईएको छ । दुग्ध उत्पादक सहकारी संस्था मार्फत सो अनुदान किसानले प्राप्त गर्नेछन् ।
चालु आर्थिक वर्षमा प्रति लिटर दुधमा अनुदानका लागि ९ लाख रुपैया विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि मोटरसहित च्याप कटर मेसिन, वंगुर प्रर्वद्धन तथा गोठ सुधार, घाँसको बीउ वितरण, वाख्राको पकेट प्याकेज जस्ता कार्यक्रम समावेश गरेको छ ।