सरकारले गुठी विधेयक फिर्ता लियो तर रोकिएन आन्दोलन

 

असार ४, काठमाडौं । चौतर्फी आलोचना र व्यापक प्रदर्शनपछि सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिइसकेको छ । तर गुठियारहरुले भने बुधबार (आज) पनि प्रदर्शन जारी राखेका छन् । 

जेठ २६ गते गुठी विधेयकविरुद्ध माइतिघरमा प्रदर्शन गर्न पुगेका गुठीयारहरुलाई प्रहरीले लाठी र लात्ती बर्साएको थियो । यसको पनि चौतर्फी विरोध भएको थियो । 

null

प्रतिपक्षीदेखि लिएर सत्तापक्षी सम्मले विधेयकको विरोध गर्न थालेपछि सरकार यसबाट ब्याक हटेको थियो । प्रधानमन्त्री, सांसद तथा सरोकारवालाहरुसँग छलफल गरी मंगलबार भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् । 

 

तर सरकारले गुठी विधेयक फिर्ता लिए पनि उनीहरुले प्रदर्शन जारी राखेका छन् । विधेयक नभइ खारेज नै गर्नुपर्ने माग राख्दै गुठियारहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । 

सरकारले गुठी विधेयकमार्फत् सम्पदा मास्न खोजेको, संस्कृतिमाथि आक्रमण गर्न खोजेको उनीहरुको आरोप छ । उनीहरुले विधेयकको विरोध गर्दै आगामी १० गते उपत्यका बन्द समेत आह्वान गरिसकेका छन्। 

 

गुठी विधेयक फिर्ता हुनुलाई आफूहरुले आंशिक सफलताको रुपमा लिएको भन्दै खबरदारीका लागि आज माइतीघरमा प्रदर्शन गरिने बताएका थिए । उनीहरुले आज काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुश निकालेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *