भारतमा आँधी र चट्याङबाट ८ जनाकाे मृत्यु, ११ घाइते

 

जेठ २८, काठमाडौं । पूर्वी भारतीय राज्य बिहारमा विभिन्न भागमा आएको आँधी र चट्याङमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन्। 

राज्यद्वारा सञ्चालित सञ्चार माध्यम अल इन्डिया रेडियो (एआरआइ) ले मङ्गलबार सो जानकारी दिएको छ। 

null

आँधी र चट्याङको सोमबार साँझ एक साथ आएको बताइएको छ। बिहार राज्यको गोपालगञ्जमा तीन, सिओहारमा एक, सितामढीमा एक र पूर्वी र पश्चिम चम्पारनमा एक, एकको जनाको मृत्यु भएको थियो। 

यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका समाचारमा जनाइएको छ। 

भीषण रुपमा आएको आँधीको कारण कयौं रुखहरु ढलेको र धुलोसहितको यस आँधीको कारण विद्युत आपूर्तिमा अवरोध भएको बताइएको छ। 

भारतको उत्तर प्रदेश राज्यमा गत हप्ता आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण २६ जनाको मृत्यु हुनुका साथै ५७ जना घाइते भएका थिए। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *