इटहरीका मेयर गलत कि पत्रकार ? यसकारण कुटे कर्मचारी र थर्काए पत्रकार

  

जेठ २४, काठमाडाैं । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीका कारण अहिले एउटा बहस छेडिएको छ ।–‘गतल प्रवृत्तिलाई कसरी नियन्त्रण गर्ने ?’ वा ‘कानुनलाई कसरी प्रभावकारी बनाउने’ । मेयर चौधरीले गर्न चाहेको सुशासनको विषयलाई सबैले प्रशंसा गरेका छन् । तर, उनको अनौठौ प्रवृत्तिलाई भने गलत मानिएको छ । चौधरीको हक्की स्वभाव, प्रष्ट वक्ता र इमान्दारिताको प्रशंसा जति भएको छ, सार्वजनिक भएका उनका अभिव्यक्ति उनले धारणा गरेको सार्वजनिक पद अनुसार भएन भन्दै उत्तिकै आलोचना पनि भएको छ । 

कहिले उनी भनेको नटेरेको भन्दै कर्मचारीको कठालो समाउँछन् । झपारेर नपुगे हात समेत हाल्न पछि पर्दैनन् । सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने, अनियमितता गर्ने कर्मचारीलाई कालोमोसो दल्ने सार्वजनीक अभिव्यक्ति समेत दिए । त्यति मात्र होईन आफ्ना बारेमा गलत समाचार लेखेको भन्दै एक पत्रकारलाई लोपार्दै अर्का पत्रकारको ‘नाकको डाँडी भाच्छु’ भनेपछि थप चर्चा र विवादमा छन् चौधरी । कर्मचारी गलत छन् भने उनीहरुलाई ठेगान लगाउन कानुन छ । तर, कानुनको पालनकर्ता नै कानुन तोड्न उद्यत देखियो । 

null

‘अख्तियारलाई म आफैँले सहयोेग गरेको छु, आवश्यक सबै कागजपत्र बुझाएका छौं, छायाँकपी दिएका छौं । तर भोलिपल्ट समाचार आयो, मेयर अख्तियारको फन्दामा । मानौ म जेलमा छु’ मेयर चौधरी भन्छन्, ‘सिएफएल प्रकरणमा २० लाख भ्रष्टाचार, मेयर बैंककमा भनेर समाचार आएर विना कसुर मेरोे बदनाम मात्र भयो ।’ 

कतिपय पत्रकार पनि गलत हुन सक्छन् । प्रतिसोधमा जे मन लाग्यो, त्यही लेख्ने र बिनाप्रमाण कसैको चरित्र हत्या गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न मेयर चौधरीले प्रेस काउन्सिलको सहारा लिन सक्थे । तर, नियम र कानुनको रक्षा गर्नुपर्ने पदमा आसीन व्यक्तिले कानुन हातमा लिने अमर्यादित अभिव्यक्ति दिनु लोकतन्त्रकै उपहास हो । न्याय निसाफको लागी संविधान र कानुन छन्, हाम्रो संविधानले गलत क्रियाकलाप रोक्न कारवाही गर्ने ठाँउ दिएको छ । तर, मेयर चौधरीले भने ती कानुनले कुनै काम नगरेकाले आफुले बेग्लै अभियान छेड्नु परेको बताउँदै ‘काँक्रा चोरलाई मुड्के सास्ती’ भने । 

निक्कै हक्की स्वभावका मेयर चौधरी सामान्य परिवारबाट राजनीतिमा आएका हुन् । उनी स्थानीय तहको निर्वाचन अघि तत्कालिन नेकपा एमालेका सुनसरी जिल्लाको अध्यक्ष समेत रहेका थिए । पूर्वकै व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको इटहरी उपमहानगरपालिकाको प्रमुखमा निवाचित भएपछि मेयर चौधरीका मुख्य प्राथमिकताका विषय हो, ‘विकास र भ्रष्टाचार अन्त्य ।’ 

स्थानीय तहको निर्वाचनबाट स्थानीय जनताले गाउँगाउँमा सिंहदरबार पाएका छन् । अब स्थानीय तहमा जनप्रतिनिधि हुँदा के फरक पर्दोरहेछ भन्ने व्यवहारमा अनुभव गराउने काम जननिर्वाचित प्रतिनिधिको हो । यसैलाई मेयर चौधरीले पहिलो दायित्व ठान्दै आए । 

विगतमा झण्डै २ दशक स्थानीय तहले जनप्रतिनिधी नपाउँदा विकासका काम अघि बढ्न सकेनन् । विकाससँगै जनताको गुनासाको तत्काल सम्बोधन र समाज व्यवस्थापनका विभिन्न बिषय सहज हुन सकेन । नेपालको संविधान, २०७२ ले स्थानीय तहको अधिकार क्षेत्रलाई व्यापक बनाएको छ । धेरै अधिकार प्रयोग गर्दै जनतालाई आवश्यकता अनुसारको सेवासुविधा प्रदान गर्ने दायित्व निर्वाचित पदाधिकारीको हुन्छ । मेयर चौधरी पनि यही अधिकार प्रयोग गर्दै आफ्ना मतदाताले महशुस गर्ने गरी काम गर्न चाहन्थे । 

‘मानौँ कि, कालो धन गाड्न बैंकक गएछु । कहिलेकाहीँ अप्ठ्यारो हुँदोरहेछ, वेगले हुरिबतास चलेको बेलामा ठूल्ठूला रुखहरु पनि निहुरिन बाध्य हुन्छन् । साँच्चै मेयरले बदमासी नै गरेका हुन् कि भन्ने खालको भान सबैलाई भयो ।’ 

मेयर चौधरी विकास निर्माणका विषयमा बहस गर्न, जनताका गुनासा सुन्न गाँउ घर गईरहन्छन् । औपचारिक र अनौपचारिक संवादका माध्यमबाट उनले जनताको प्रतिक्रिया, चाहना र आवश्यकता बारेमा जानकारी लिईरहन्छन् । स्थानीय तहका पदाधिकारीहरू आफ्नै ठाँउमा बसेर दिनदिनै जनताको सेवामा खट्नुपर्ने जनप्रतिनिधि हुनुपर्छ । यही भनाईलाई आत्मसाथ गर्दै मेयर चौधरी नागरिकहरूसँग दिनहुँ संवादमा रहन्छ । आफ्ना मतदाताको भनाई र चाहनाकै आधारमा स्थानीय योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने दायित्व पूरा गर्न आफु दैनिकरूपमा उत्प्रेरित पनि भइरहने सुनाउँछन् । 

झण्डै २ दशक जनप्रतिनिधि नहुँदा ठूलै क्षति बेहोर्न परेको परिस्थितिलाई विर्सन मेयर चौधरी विकासको गति तिब्र बनाउन चाहन्थे । तर, स्थानीय जनप्रतिनिधी नहुँदा राज्यप्रदत्त सेवामा भनसुनको प्रभाव बढी हुने गरेको कर्मचारीतन्त्र उनको योजनामा अवरोध बनेर खडा हुन्छन् । कर्मचारीमाथि मेयर खनिँदा आवश्यकता भन्दा भाडबण्डाका आधारमा विकासका योजना छनौट गर्न दवाव दिने विपक्षी दलका नेताहरुले उनै मेयरमाथि औंला ठड्याउन थालेका छन् । 

मेयर चौधरी पछिल्लो समय पत्रकारमाथि आक्रामक हुनुको कारण हो सिएफएल प्रकरण । उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा सिफएफएल बल्ब खरिद गरेको थियो । ०७४ श्रावण १ देखि कात्तिक ७ गतेका वीचमा ९७ लाख रुपैयाँ मूल्य बरावरका सीएफएल बल्ब खरिद गरिएको थियो । खरिद गरिएका सिएफएल बल्ब तथा उपकरण खरिदमा कमिसनको चक्करमा २० प्रतिशतसम्म महँङ्गोमा खरिद गरिएको आरोप लागेको थियो । खरिद गरिएको सिफएफएल बल्ब र सेटमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालयले खरिदका कागजपत्र लगेपछि उपमहानगरपालिकाले समेत वडा नम्वर ६ का वडाध्यक्ष दिपक गौतमको संयोजकत्वमा ७ सदस्यिय छानविन समिति बनाएको थियो । 

केही समय अघि उनी बैंकक भ्रमणमा गएका बेला सञ्चारमाध्यममा सिएफएल चिममा करोडौं घोटला भएको समाचार आयो । जुन समाचारले नै उनको पारो ततायो । ‘मेयर अख्तियारको फन्दामा’ भन्ने समाचारले आफु आक्रोशित भएको उनको भनाई छ । ‘अख्तियारलाई म आफैँले सहयोेग गरेको छु, आवश्यक सबै कागजपत्र बुझाएका छौं, छायाँकपी दिएका छौं । तर भोलिपल्ट समाचार आयो, मेयर अख्तियारको फन्दामा । मानौ म जेलमा छु’ मेयर चौधरी भन्छन्, ‘सिएफएल प्रकरणमा २० लाख भ्रष्टाचार, मेयर बैंककमा भनेर समाचार आएर विना कसुर मेरोे बदनाम मात्र भयो ।’ तर छानबिन समितिले भने कहीँ कतै अनियमितता नभएको रिर्पोट सार्वजनिक गरेको उनको भनाई छ । 

मेयर चौधरी भन्छन् ‘मानौँ कि, कालो धन गाड्न बैंकक गएछु । कहिलेकाहीँ अप्ठ्यारो हुँदोरहेछ, वेगले हुरिबतास चलेको बेलामा ठूल्ठूला रुखहरु पनि निहुरिन बाध्य हुन्छन् । साँच्चै मेयरले बदमासी नै गरेका हुन् कि भन्ने खालको भान सबैलाई भयो ।’ ति समाचारले आफ्नो चरित्र हत्या भएको गुनासो गर्दै उनी अख्तियारले सफाई दिएपछि आफुले लान्छना र आरोपबाट सन्तोषको श्वास फेरेको बताउँछन् । 

अख्तियारले समेत अनियमितता भएको छैन ठहर गरिसकेपछि समेत केही पत्रकार आफ्नो चरित्र हत्या गर्न लागि परेपछि असह्य भएर ‘नाकको डाँडी भाँच्छु’ भनेको उनी बताउँछन् । आफ्नो चरित्र हत्या गरेर आफु राजनीतिमा आउन विपक्षी दलका केही नेता तथा आफ्नै पार्टीका केहीले केही संचारमाध्यम र स्थानीय केही पत्रकारलाई प्रयोग गरेको उनको आरोप छ । प्रयोग गरिएका पत्रकारहरुले विना कारण आफुलाई बदनाम गराउन लागेकोले आफ्नो रिसको पारो तातेको उनको जिकिर छ । 

सार्वजनिक पद धारण गरेपछि जनप्रतिनिधि हुन् वा जो कोहि उसले आलोचना पचाउन सकेन भने समस्या आइपर्छ । मेयर चौधरी इमान्दा छन्, होलान् आफ्नो ठाउँमा छ । तर, सार्वजनिक सञ्चार माध्यममै पत्रकारको नाक भाँच्ने भन्दै जुन अभिब्यक्ति दिए त्यो पदीय आचरण र मर्यादा अनुरुप पक्कै हैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *